मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज भारतमा ७३ औं गणतन्त्र दिवस, यसरी तयार भएको थियो संविधान



आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । सन् १९५० देखि हरेक वर्ष विभिन्न सांस्कृतिक र सैन्य तामझामसहित २६ जनवरीमा भारतले गणतन्त्र दिवस मनाउदै आएको छ ।भारतले ब्रिटीश सम्राज्यबाट स्वतन्त्रत भएको उपलक्ष्यमा हरेक १५ अगस्टमा स्वतन्त्र दिवस मनाउँछ भने संविधान लागू भएको दिन अर्थात २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ ।

सन् १९४७ मा भारत स्वतन्त्र भएको थियो । स्वतन्त्र भएको केही दिनमै अर्थात २९ अगस्टमा स्वतन्त्र भारतका लागि संविधानको मस्यौदा तयार गर्न एउटा समिति गठन भएको थियो । सोही वर्षको ४ नोभेम्बरमा समितिले संविधानको मस्यौदा तयार पारेर संविधान सभामा पेस गरेको थियो । संविधानलाई अन्तिम रुप दिन झन्डै दुई वर्षसम्म संविधान सभाको अनगिन्ति वैठक बसेको थियो ।

मस्यौदमा वृहत छलफल र केही परिमार्जनपछि सन् १९५० को २४ जनवरीमा संविधान सभाका ३०८ सदस्यहरुले सम्झौताको एउटा मूल पाठमा हस्ताक्षर गरेका थिए ।  त्यसको दुई दिनपछि सो संविधान कार्यन्वयनमा आएको थियो । सोही दिन डा. राजेन्द्र प्रसाद राष्ट्रपतिको रुपमा आफ्नो पहिलो कार्यकाल सुरु गरेका थिए ।

सन् १९५० मा औपचारिक रुपमा ग्रहण गरिएको भारतको संविधानले व्रिटीश उपनिवशेकालीन गभर्मेन्ट अफ इन्डिया एक्ट, ९सन् १९३५० लाई औपचारिक रुपमा विस्थापित गरेको थियो । संविधान कार्यान्वयनसँगै भारत संक्रमणकालबाट सार्वभौमसत्ता सम्पन्न गणतान्त्रिक देश बनेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : ४५ बजे