पछिल्लो २४ घण्टामा नेपालमा थप चार हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१४ हजार ५६२ वटा नमुनाको परीक्षण गर्दा चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाकै अबधिमा देशभर ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ९२४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख ४८ हजार ३४८ पुगेको छ ।










