मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हावाहुरीको कारण मधेश प्रदेशमा तीन जनाको मृत्यु



बिहीबार रातिदेखि आएको हावाहुरीमा परेर मधेश प्रदेशमका तीन जनाको मृत्यु भएको छ । हावाहुरीले रूख ढल्दा धनुषामा दुई बच्चा र रौतहटमा एक घर खस्दा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी वसन्त रजौरेले बताए ।

त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका-१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लमा बिहीबार रातिदेखि नै हावाहुरी आएको छ भने शुक्रबार दिउँसो देखि वर्षा समेत भईरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ५ : ०३ बजे