पछिल्लो २४ घण्टामा देशमा थप १५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार ३६५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । यससगै हालसम्म मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन् ।










