नेपालसँग ओमान ६ विकेटले पराजित



चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमान माथि ६ विकेटको जित हात पारेको छ ।अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रनको योगदान गरे। उनले ५३ बलमा ८ चौका १ छक्का हिर्काए। यस्तै आरिफ शेखले २० बलमा २५ रनको योगदान दिए । यस्तै ज्ञानेन्द्र मल्लले १६ बलमा १३, आशिफ शेखले ११ बलमा १४ रन जोडे।कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारे ।

ओमानका लागि कलीमुल्लाहले २ विकेट लिएका थिए।आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन तथा शरद भेषावकरले जोडे ।ओमानका कलिमुल्लाहले २ विकेट लिए ।खवार अलीले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो ।ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे ।

ओमानको राजधानी मस्कटमा शुक्रबार सुरु प्रतियोगितामा यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले १३५–६ को स्कोर बनाएको थियो ।नेपालले शनिबार युएईसँग खेल्ने छ ।

प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार  ७ : ३६ बजे