युक्रेनमा रुसी सेनाको बमबारी सुरु



रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेसँगै पूर्वी युक्रेनका बिभिन्न शहरहरुमा बमबारी सुरु भएको छ ।

पूर्वी यूक्रेनका दोनेत्स्क क्षेत्रमा बिस्फोटनका ठुला ठुला आवाजहरु सुनिन थालेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुको रिपोर्टमा उल्लेख छ ।

युक्रेनको राजधानी किएभमा पनि बिस्फोटको आवाज सुनिएको सिएनएनले जनाएको छ।

यसअघी हिजो मात्रै यूक्रेनका थुप्रै सरकारी वेबसाइटहरु रुसी साइबर हमलाको निसानामा परेपछी युक्रेनले देशैभरी आगामी एक महिनाका लागी संकटकाल घोषणा गरेको थियो ।

 

प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार  ९ : ३४ बजे