रुसका पाँच जहाज र एउटा हेलिकोप्टर खसालिदिएको युक्रेनको दाबी, रुसी आक्रमणबाट सात जनाको मृत्यु



किभ–पूर्वी युक्रेनमा पाँच ओटा रुसी जहाज र एउटा हेलिकोप्टर खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ । ‘संयुक्त फौज कमान्डअनुसार आज २४ फेब्रुवरीमा संयुक्त फौज कारबाहीको क्षेत्रमा आक्रमणकारीको पाँच जहाज र एउटा हेलिकोप्टर गोली हानेर खसालिएको छ,’ युक्रेनी सेनाले भनेको छ ।

यसबारे रुसी सेनाले कुनै टिप्पणी गरेको छैन् । यसअघि रुसी फौजले राजधानी किभनजिककैका विमानस्थलहरुमा क्षेप्यास्त्र हमला गरेको जनाएको थियो । एउटा फेसबुक सन्देशमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् ।तर, रुसी रक्षा मन्त्रालयले आफ्ना विमानहरू खसालिएको विवरण अस्वीकार गरेको छ।

युक्रेनी प्रहरीले रुसले विस्फोटन गराएको बमका कारण सात जनाको ज्यान गएको बताएको छ।अधिकारीहरूका भनाइमा पोडेस्कस्थित सैन्य एकाइमा ६ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।त्यहाँ अन्य १९ जना हराइरहेका छन्।मारिअपोल सहरमा अर्का एक जना व्यक्तिको पनि मृत्यु भएको छ।

प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार  १ : ४३ बजे