राजधानी किभ नजिकैको होस्टोमेल एअरफील्ड क्षेत्रमा रुसी र युक्रेनी सेनाबिच भीषण लडाइँ



रुसी सैनिकहरू युक्रेनको राजधानी किएभको उत्तरी भेग अबोलोनमा पुगेको युक्रेनले जनाएको छ।सरकारले नागरिकहरूलाई मोलोटोभ ककटेलु बनाएर सहरको रक्षा गर्न आह्वान गरेको छ ।

रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले किएभनजिकै अवस्थित एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको बताएको रुसी समाचारसंस्था इन्टरफ्याक्सले जनाएको छ।

होस्टोमेल एअरफील्ड कब्जा गर्न २०० वटा हेलिकोप्टर र सैनिकहरूको एउटा टोली प्रयोग भएको बताइएको छ।रुसले किएभसँगको पश्चिमा सम्पर्क अवरुद्ध भएकोू समेत बताएको छ।

किएभ सहरको उत्तरी भेगमा बाहिरी भागमा रहेको होस्टोमेल एयरफिल्डमा युक्रेनी र रुसी सेनाबीच युद्ध जारी रहेको बिबिसीले उल्लेख गरेको छ।

 

 

प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार  ७ : ३९ बजे