आणविक प्रतिरक्षा फौजलाई उच्च सतर्कतामा राख्न रुसी सेनालाई पुटिनको निर्देशन



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई आफ्नो पारमाणविक बललाई ‘विशेष सतर्क अवस्थामा’ रहन निर्देशन दिएका छन्।

यो अवस्था रुसको रणनीतिक क्षेप्यास्त्र बलको सबैभन्दा माथिल्लो स्तरको सतर्क अवस्था हो।

रक्षामन्त्री सेर्गेई शोईगुसहित सैन्य प्रमुखहरूसँग बोल्दै पुटिनले पश्चिमा राष्ट्रहरूले रुससँग “मित्रवत् व्यवहार नगरेको” र “अवैधानिक प्रतिबन्धहरू लगाएको” बताए।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लीन्डा थोमस ग्रीनफील्डले रुसको कदम “अस्वीकार्य रहेको” बताएकी छन्।

 

प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार  ८ : ५२ बजे