रुसी बख्तरबन्द गाडीहरूको करिब ४० माइल लामो लस्कर युक्रेनी राजधानी किएभतर्फ बढ्दै गरेको भूउपग्रह तस्वीरले देखाएको बिबिसिमा समाचार छ ।यसअघि नै राजधानी किभभित्र सयौंको संख्यामा रुसी सैन्य गाडी छिरेर आक्रमण गरिरहेका छन् । रुसले स्थल, जल र वायुसेनामार्फत् आक्रमण गरिरहेको छ ।
किएभको बाहिरी भेगमा हवाई हमलाबारे जनाउ दिने साइरन फेरि बजेको सुनिएको छ ।युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा सोमवार रुसी क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
रुसले आफ्नो स्थल सैनिक र लडाकु हेलिकप्टर बेलारुसको दक्षिणी क्षेत्रमा तैनाथ गरेको पनि नयाँ तस्बिरमा देखिएको छ । सो स्थान युक्रेनसँगको सीमा भन्दा मात्रै ३२ किलोमिटरको दूरीमा पर्छ ।










