पुटिनलाई चेतावनी दिदै बाइडेनले भने – निरंकुशताले स्वतन्त्रतालाई जित्न सक्दैन



अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक तानाशाहको सङ्ज्ञा दिँदै युक्रेनमाथि गरेको अतिक्रमणको मूल्य तिर्न लगाउनुपर्ने बताएका छन्।युक्रेनमाथि सुनियोजित र बिनाउक्साहट आक्रमण गर्दा रुसी राष्ट्रपतिले गलत आकलन गरेको स्टेट अफ द यूनिअन सम्बोधनका क्रममा बाइडनले बताए।

रुस अहिले हालसम्मकै सबैभन्दा धेरै एक्लिएको बाइडनले दाबी गरे।युक्रेनमाथि युद्ध गर्दा पश्चिमा देशले कस्तो गम्भीर जवाफ दिन्छन् भनेर पुटिनले आँकलन गर्न नसकेको वा उनको आँकलन गलत बनेको बाइडेनले उल्लेख गरे। बाइडेनले सम्बोधनमा भनेका छन्, ‘निरंकुशतामाथि जहिले पनि स्वतन्त्रताले अटल विजय प्राप्त गर्छ।’

आफ्नो प्रशासनले अमेरिकी हवाई क्षेत्रमा निजी तथा व्यावसायिक सबै रुसी उडानहरूमाथि प्रतिबन्ध लगाएको सम्बोधनका क्रममा उनले पुष्टि गरेका थिए।

प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार  १२ : १३ बजे