युक्रेनी तथा रुसी प्रतिनिधिमण्डलबीच बेलारुसमा बिहीवार नै दोस्रो चरणको शान्तिवार्ता हुँदैछ।
एकजना युक्रेनी वार्ताकार डाभिड अराखमियाले सामाजिक सञ्जालमा युक्रेनको न्यूनतम उद्देश्य गैरसैनिकहरूलाई द्वन्द्वग्रस्त क्षेत्रबाट बाहिरिन दिन मानवीय बाटो खुला गराउनु हुने बताएका छन्।
युक्रेन छाडेर जानेहरूको सङ्ख्या १० लाख नाघेको संयुक्त राष्ट्रसङ्घले बताएको छ।
रुसले भने युक्रेनसामु ‘असैनिकीकरण’ गर्न तथा क्राइमियालाई रुसी क्षेत्र मान्न माग गरिरहेको छ।
साथै पूर्वी युक्रेनका डोनेत्स्क तथा लुहान्स्कलाई पनि पृथक भएको मान्यता दिन मस्कोले भनिरहेको छ।
बुधवार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युद्धविरामका लागि हुने कूटनीतिक प्रयासप्रति अमेरिकाको समर्थन रहने बताएका थिए।बिबिसिबाट










