मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी



नेपाली कांग्रेस अछामको सभापतिका लागि भएको निर्वाचनको दोस्रो चरणको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

कुल १ हजार ४ सय ९७ मत गणना हुँदा सभापतिका उम्मेदवार पुष्प शाहले ७ सय ७९ मत ल्याएर बिजयी भएका छन् । प्रतिस्पर्धी निर्वतमान सभापति भरत कुमार स्वारले ७ सय ११ मत प्राप्त गरेका छन् भने ७ मत बदर भएका छन ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि आज बिहान ८ बजेबाट मतदान भएको थियो ।

दिउँसो ४ बजे मतदान सम्पन्न भएर ५ बजेबाट मतगणना सुरू गरिएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : २९ बजे