कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी



नेपाली कांग्रेस अछामको सभापतिका लागि भएको निर्वाचनको दोस्रो चरणको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

कुल १ हजार ४ सय ९७ मत गणना हुँदा सभापतिका उम्मेदवार पुष्प शाहले ७ सय ७९ मत ल्याएर बिजयी भएका छन् । प्रतिस्पर्धी निर्वतमान सभापति भरत कुमार स्वारले ७ सय ११ मत प्राप्त गरेका छन् भने ७ मत बदर भएका छन ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि आज बिहान ८ बजेबाट मतदान भएको थियो ।

दिउँसो ४ बजे मतदान सम्पन्न भएर ५ बजेबाट मतगणना सुरू गरिएको थियो ।

प्रकाशित मिति : फाल्गुन २३, २०७८ सोमबार  ७ : २९ बजे