मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित



कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । मंगलबार विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ संसदबाट बहुमतले पास भएको हो ।

तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसदमा प्रस्तुत गरेका थिए । १ असारमा प्रदेश सभामा पेस गरेको बजेट एमालेको अवरोधका कारण पारित हुन नसकेपछि बजेट अध्यादेशबाट ल्याइएको थियो ।

सदन चलेको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन नगरे स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको नवौँ अधिवेशन सुचारु भएको २८ फागुनमा ६० दिन पुग्नुअगावै दलहरूले सर्वसम्मतले प्रतिस्थापन विधेयक पारित गरेका हुन् ।अब भने चालू आर्थिक वर्षको बजेट नियमित प्रक्रियाको सो सरह मान्य भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८(७९ का लागि अध्यादेशमार्फत बजेट ल्याएको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ४ : ४६ बजे