मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी कर्णालीका प्रमुख सचेतक विष्टद्वारा सांसद र पार्टीबाट राजीनामा



कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसद पदसहित पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सांसद र प्रमुख सचेतकसमेत रहेका विष्टले गएर अध्यक्ष प्रचण्ड सुर्खेत आएकै दिन सांसद पद र पार्टी त्यागेको घोषणा गरेका हुन् ।

मैले आजदेखि पार्टी र सांसदपदबाट राजीनामा दिएको छु,’ उनले भने,‘तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन ।’कर्णाली प्रदेशमा पछिलो समय राजनीतिमा खरो विषयमा आवाज उठाउने र टिप्पणी गर्ने सँगै वौद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छोड्ने घोषणाले कर्णालीको माओवादी केन्द्रमा हलचल आएको छ ।

यस्तै, कर्णालीमा माओवादी केन्द्रबाट सांसद हुँदा–हुँदै पनि गैर–सांसदलाई छिरिङ डम्डुल लामा (कार्चेन लामा) लाई मन्त्री बनाएको विषयमा उनको चर्को अस्नतुष्टि जनाएका थिए भने पार्टीले एमसीसी विषयमा गरेको सर्मथनप्रति बिरोधमा थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ११ बजे