सर्लाही कांग्रेसको सभापतिमा इतर समुहका लक्ष्मण रायलाई पराजित गर्दै संस्थाअपन समूहका सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् ।
एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो ।
उनी १७५८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका अर्का उमेदवार लक्ष्मण रायले १३६८ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो ।










