अमेरिकाले गर्‍यो पुटिनलाई युद्ध अपराधी घोषणा



अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गरेको छ।

अमेरिकाको माथिल्लो सदन सिनेटले मंगलबार युक्रेनमा रुसले गरेको आक्रमणलाई अनुचित ठहर गर्दै पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो।

अमेरिकी सिनेट भित्रका प्रत्येक पार्टीका सदस्यहरूले हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट युक्रेनमा आक्रमण गर्ने पुटिनको निर्णयको छानबिनको माग गर्दै प्रस्ताव पारित गरेका छन्।

प्रकाशित मिति : चैत्र २, २०७८ बुधबार  ११ : १८ बजे