मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा म्यादी प्रहरीको माग सात हजार, आवेदन तीन गुणा बढी



कर्णाली प्रदेशका १० जिल्लामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सात हजार ७१३ म्यादी प्रहरीको माग गरिएको थियो । तर, कर्णाली प्रदेशका १० जिल्लामा २१ हजारभन्दा बढीले आवेदन दिएका छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१, दैलेखमा ८९३, जाजरकोटमा ७८४, रुकुम पश्चिममा ६७७, सल्यानमा एक हजार ७३, कालिकोटमा ८०४, जुम्लामा ७६८, मुगुमा ४६९, डोल्पामा ५६८ र हुम्ला ४१६ जना म्यादी प्रहरीको माग गरिएको थियो ।

कर्णाली १० वटै जिल्लामा म्यादी प्रहरी माग गरिएकोभन्दा बढीले आवेदन दिएका छन् । कर्णालीका २१ हजार २५४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आवेदन दिनेमा १६ हजार ८१८ जना पुरुष र चार हजार ४२६ जना महिला छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१ जना म्यादी प्रहरीको माग गरिएकोमा एक हजार ५९ महिला र चार हजार ११३ पुरुष गरेर पाँच १७२ जनाले आवेदन दिएका छन् ।

दैलेखमा ८९३ माग भएकोमा ४८४ महिला र दुई हजार १८९ पुरुष गरेर २६७३ जनाले आवेदन दिएका छन् । जाजरकोटमा ७८४ जना म्यादी प्रहरीको माग गरिएकोमा ४२५ महिला र एक ६३१ पुरुष गरेर दुई हजार ५६ जनाले आवेदन दिएका छन् ।रुकुम पश्चिममा ६७७ जना म्यादी प्रहरीको माग भएकोमा ५०६ जना महिला र एक हजार ५०४ पुरुष गरेर दुई हजार १० जनाले आवेदन दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सल्यानमा एक हजार ७३ म्यादी प्रहरीको माग गरिएकोमा ७०६ महिला र दुई हजार ७०२ जना पुरुष गरेर तीन हजार ४०८ जनाले आवेदन दिएका छन् ।कालिकोटमा ८०४ म्यादी प्रहरीको माग गरिएकोमा २४५ महिला र एक ९७ पुरुष गरेर एक ३४२ जनाले आवेदन दिएका छन् ।

जुम्लामा ७६८ म्यादी प्रहरीमो माग गरिएकोमा ५३१ जना महिला र एक ७५४ जना पुरुष गरेर २२८५ जनाले आवेदन दिएका छन् । मुगुमा ४६९ म्यादी प्रहरीको माग गरिएकोमा १७६ महिला र ८६१ जना पुरुष गरेर एक हजार ३७ जनाले आवेदन दिएका छन् ।डोल्पामा ५६८ म्यादी प्रहरीको माग गरिएकोमा २०५ जना महिला र ५४२ जना पुरुष गरेर ७४७ जनाले आवेदन दिएका छन् । हुम्लामा ४१६ जना म्यादी प्रहरीको माग गरिएकोमा ९९ जना महिला र ४२५ जना पुरुषले आवेदन दिएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : ०२ बजे