देउवाले उठाए सीमा समस्यासम्बन्धी मुद्दा , द्विपक्षीय संयन्त्रमार्फत समाधान खोज्न प्रस्ताब



प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले सिमा समस्याको बारेमा समेत छलफल गरेको जनाएका छन् ।

हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

देउवाले भने, ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।

उनले थप भने,‘हामीले सीमा समस्याका बारेमा समेत छलफल ग‍र्‍यौं । यसको समाधानका लागि द्वीपक्षीय वार्ताका माध्यमबाट अगाडि बढ्नेमा भारतीय प्रधानमन्त्री मोदी सहमत हुनुभएको छ ।’

प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार  २ : १७ बजे