सीमा-विवाद समाधान गर्न सरकारले देखाएको अग्रसरता प्रसंसनीय : प्रदिप पौडेल



नेपाली कांग्रेसका युबा नेता प्रदिप पौडेलले सीमा-विवाद समाधान गर्न सरकारले देखाएको अग्रसरता प्रसंसनीय भएको बताएका छन्।

प्रधानमन्त्री शेर बहादुर देउबाको भारत भ्रमणलाई लक्षित गरी सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले सीमा विवादको गाँठो फुकाउने विषयलाई मौसमी नबनाउन पनि सुझाब दिएका छन्।

मित्रवत समझदारी र निरन्तर पहल मार्फत सीमा-विवाद समाधानलाई उचित निष्कर्षमा पुर्याउने जिम्मेवारीलाई प्रथमिकतामा राख्न पनि पौडेलले सरकारलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : चैत्र २०, २०७८ आइतबार  ११ : ३२ बजे