काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ‘एनपीएल’ को उद्घाटन गरेका छन् ।
काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसँगै शिक्षामन्त्री सस्मित पोखरेललगायतको उपस्थिति रहेको थियो ।










