मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिमकोटमा दैनिक उपभोग्य बस्तुको अभाव



हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । करिब एक महिनादेखि हुम्लाको सदरमुकाम सिमकोटमा नियमित रूपमा हवाई उडान नभएपछि दैनिक दिन प्रयोग गरिने सामग्रीको अभाव भएको हो ।जिल्ला बाहिरबाट नियमित रूपमा हवाई जहाज उडान नहुँदा यो वर्ष हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारका व्यवसायी र उपभोक्ताले विभिन्न उपभोग्य बस्तुको संकट खेप्नु परेको छ ।

दैनिक जसो उपभोग गर्ने उपभाग्य बस्तुमा तेल, चिनी, चिउरालगायतका सामग्रीको अभाव हुँदै गएको छ । गाउँबाट समान किन्न आएका उपभोक्ता बजारमा तेल, चिनीलगायतका खाद्य बस्तु नपाउँदा रित्तो हातमा घर फर्कन बाध्य भएका छन् ।दैनिक दिन उपभोग गर्ने उपभोग्य बस्तुको हाहाकार भएपछि बजार व्यवसायी र सेवाग्राही दैनिक दिन उपभोग्य बस्तुबाट वञ्चित हुनु परेको छ ।

बजारमा फाट्टफुट्ट पाइने तेलको पनि बहुमूल्यमा बिक्री हुने गरेको छ ।एक पोका धारा तेलको २ सय ५० र स्वस्तिक तेलको १ सय ९० रुपैयाँ लिने गरेपछि उपभोक्ताहरू समेत मर्कामा पर्दै आएका छन् । त्यस्तै जिल्ला बाहिरबाट आउने प्याज, टमाटर, धनियाँ, साग लगायतका तरकारीको पनि अभाव भएको छ ।

एक महिना अगावैदेखि जिल्ला सदरमुकाम सिमकोटमा नियमित रूपमा हवाई उडान नभएपछि विभिन्न सामग्रीको अभाव हुँदै आएको हो । यहाँका नागरिकले चाहेको समयमा नत कुनै पनि सामग्री उपभोग गर्न पाएका छन् नत भनेको बेला जिल्ला बाहिर आवतजावत गर्न पाएका छन् ।

शनिबार मात्रै नेपालगन्जबाट दुई तीन फ्लाइट जहाजले उडान भर्दा टमाटर, प्याज र कुखुराको मासु आयत भएको थियो । तर, पनि यहाँका व्यवसायीले नेपालगन्जको भन्दा दोब्बर मूल्यमा बिक्री गरेका छन् ।नेपालगन्जमा मासुको ४ सय पर्ने गरेको भए पनि चैत १९ गतेदेखि सिमकोट माथिल्लो बजारमा रहेका कुखुराको मासु पसलेले एक किलोको ८ सय रुपैयाँ लिएर मनोमानित ढंगले मूल्य असुल्ने र बिक्री गरेको पाइएको छ । त्यस्तै खसिको मासुको पनि बजारमा १ हजार १ सय रुपैयाँ लिँदै आएका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : ०४ बजे