स्थानीय तह निर्वाचन अब कसैले रोकेर रोकिदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया



प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब स्थानीय तह निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् । आज विराटनगरमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा थपलियाले यस्तो बताएका हुन् ।

‘गाडी छुटेको हैन, गाडी छुटेको भए ब्रेक लगाउन पनि सकिन्थ्यो । प्लेन भए नजिकै कुनै विमानस्थलमा अवतरण गराउनसक्ने अवस्था पनि रहन्थ्यो,’ उनले भने, ‘अहिले निर्वाचनको रकेट छुटिसकेको छ, गन्तव्यमा पुर्‍याउन नसके दुर्घटना हुन्छ ।’

थपलियाले ३५ जिल्लाको मतपत्र छाप्ने काम सकिएको, निर्वाचन अधिकृत चयन कार्य पूरा भएको जानकारी दिदै निर्वाचन हुँदैन भन्ने कुनै शंका नराख्न आग्रह गरे

प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार  ११ : ५७ बजे