साझा उम्मेद्वार टुंग्याउन पाँच दलले तय गरे ७ आधार



सत्तारुढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको छ।मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनका लागि सात वटा मापदण्ड स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारमा सहभागी र समर्थन गरेका पाँच दलले गठबन्धनमा सहभागी बाहेकका दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका छन्।अघिल्लो निर्वाचनमा गठबन्धनमा सहभागी दलबाट निर्वाचित भएका जनप्रतिनिधि रहेका बाहेक स्थानमा दलको उपस्थिति र प्रभावका आधारमा तालमेल गर्ने निर्णय भएको कार्कीले जानकारी दिए।

गठबन्धनमा सहभागी बाहेकका दल विजयी भएका स्थानमा अघिल्लो निर्वाचनमा प्राप्त मतलाई आधार बनाइनेछ, उनले भने।महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने सहमति गठबन्धनको बैठकले गरेको छ।

नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखको तालमेल सम्बन्धी सीट बाँडफाँडको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने, प्रदेश संयन्त्रले ५ गतेभित्र केन्द्रलाई पठाउने भनिएको छ, गठबन्धनबीच भएको सहमतिबारे कार्कीले भने।

प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार  ९ : २२ बजे