मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा नयाँ वर्ष २०७९ सालको शुभकामना



गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्धारा नयाँ वर्ष २०७९ साल आगमनको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली एवं गण्डकी प्रदेशबासी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख गुुरुङले आज एक शुुभकामना सन्देश जारी गर्दै २०७८ साललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धीपूर्ण वर्षको रूपमा लिन सकिने उल्लेख गरे । उहनले कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी भएकाले मृत्युदरलाई न्यून राख्न सफल हुनु जस्ता कुरा पनि गत सालका सकारात्मक उपलब्धीहरू हुन् भने । उनले महामारी कम भए पनि आम नागरिकमा यसको त्रास भने कायमै छ भन्दै सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्नु पर्ने बताए ।

ै प्रदेश प्रमुख गुुरुङले विधि र नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कार विकासमा अभिप्रेरित हुँदै दलहरुभित्र विधिलाई लोकतान्त्रिक, पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भैरहने छ भन्ने आशा सहित नयाँ वर्र्ष २०७९ ले सबैमा खुशीको संचारसहित सुदृढ राष्ट्रिय एकता र आत्मीय सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, उमङ्ग र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : ५५ बजे