दलहरु नमिल्दा मुलुकमा राजनीतिक स्थायित्व हुन सकेन : प्रकाशमान सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय आवस्यकता र ओैचित्यका आधारमा चुनावी तालमेल गर्न सकिने बताएका छन् । परिवर्तनका लागि राजनीति दलहरु मिलेर संघर्ष गरे पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्ने दलहरु मिल्न नसकेकाले मुलुकमा राजनीतिक स्थायित्व हुन नसकेको सिंहले उल्लेख गरे ।

नयाँ बर्षको अवसरमा आज खैरहनि नगर कार्यसमितिले चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिहले उक्त कुरा बताएका हुन् । कांग्रेस मात्रै भरपर्दो पार्टी भएको कुरा ईतिहासका हरेक घटनाक्रमले पुष्टि गरिसकेको भन्दै कम्युनिष्टले पटक पटक अवसर पायपनि काम गर्न सक्दैन्न भन्ने पुस्टि भैसकेको सिंहले उल्लेख गरे ।

ओलि नेतृत्वको सरकारले पटकपटक संविधान र प्रणालीमाथि प्रहार गरेपछि बिशेष परिस्थितिमा संविधान जोगाउनु पर्ने बाध्यताका कारण यो गठबन्धन बनेको सिंहले बताए । नेता सिंहले परिस्थितिलाई गम्भीरता साथ लिन समेत आग्रह गरे ।

कार्यक्रम पुर्ब मन्त्री तथा केन्द्रीय सदस्य मीन बिश्व कर्मा केन्द्रीय सदस्यीय नैनसिह महर नेपाली कांग्रेस काठमाडौ सभापति सबुझ बानिया चितवन जिल्ला सभापति राजेश्वर खनाल निबर्तमान सभापति जितनायण श्रेष्ठ बागमती प्रदेस मन्त्री मिलनबाबु श्रेष्ठ लगायतले स्थानीय पाटि कार्यकर्ताको भावना अनुसार अघि बढ्नु पर्ने बताएका थिए ।

प्रकाशित मिति : बैशाख १, २०७९ बिहिबार  ५ : ५४ बजे