ललितपुरको मेयरका लागि कांग्रेसबाट चिरीबाबु महर्जनसहित सात जना सिफारिस



नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका उमेदवारहरुको नाम सिफारिस गरेको छ।

कांग्रेस ललितपुर महानगर कार्यसमितिले मेयरका लागि सात जनाको नाम सिफारिस गरेको हो।

सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिसमा परेको छ।

कांग्रेस विधानअनुसार महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले तय गर्ने व्यवस्था छ।अबा सिफारिसमा परेका नाम मध्यबाट केन्द्रीय समितिले उमेदवार छनोट गर्नेछ ।

कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।

 

प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार  ९ : ५६ बजे