मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोल्पामा गठबन्धन दलबीच भएन सहमति, माओवादी र समाजवादीले ठूलो भाग खोजेको कांग्रेसको आरोप



आशन्न वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनमा डोल्पामा गठबन्धन गर्ने विषयमा सत्तारुढ दलहरुबी सहमति हुन सकेको छैन् । सहमति हुन नसक्दा ति दलहरु एक्ला एक्लै चुनाव लड्ने तयारीमा रहेका छन् । चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरु आ(आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो ।

केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलर अनुसार जिल्लामा पनि सत्तासिन दलहरु गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेस डोल्पाका सभापति दिपेन्द्र शाहीले बताए ।नेकपा (एकीकृत समाजवादी) र नेकपा ( माओवादी केन्द्रले) ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेसको आरोप छ ।

डोल्पाका ठूलीभेरी , त्रिपुरासुन्दरी , उपल्लो डोल्पामा काइके, छार्काताङसोङ, डोल्पोबुद्ध, शे फोक्सुण्डो नेकपा एमालले जितेको थियो । त्यस्तै तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।

केही समय अघि डोल्पोबुद्ध गाउँपालिकाका बहुमत वडाध्यक्ष सहित गाउँपालिकाका अध्यक्षले माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीले स्थानीय तह जित्नेको संख्या बढेको थियो ।कांग्रेसले कुनै पनि स्थानीय तह जितेको थिएन ।  नेपाली कांग्रेसले कत्तै पनि भाग नपाउने भएपछि सहमति हुन नसकेको कांग्रेसको भनाइ छ ।

प्रदेशमा आफूहरुले एक्ला एक्लै लड्ने सहमति गरेर पत्र पठाएको सभापती शाहीले जानकारी दिए ।

डोल्पामा समाजवादी बलियो भएकाले माओवादी केन्द्र र नेपाली कांग्रेसले ठूलीभेरीमा प्रमुख दिनु पर्ने र अन्य स्थानीयतहमा समेत केन्द्रीय निर्णय अनुसार पद बाँडफाट हुनुपर्ने समाजवादीका अध्यक्ष नन्दसिंह बुढाले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : २७ बजे