गोविन्दराज जोशी समुह र एमालेबीच तनहुँमा तालमेल ,जोशीका छोरालाई एमालेले मेयरमा सघाउने



पूर्वगृहमन्त्री गोविन्दराज जोशी समुह र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल भएको छ । तालमेल भएसँसगै आगामी स्थानीय तहको चुनवमा साझा उम्मेद्वार बनाउने सहमती भएको छ । जोशी निवास दमौलीमा शनिबार भएकोको छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएकाले साझा उम्मेद्वारी दिने भएको हो ।

छलफलको क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ । जोशी समुहबाट ४ जना र नेकपा एमाले तनहुँका ४ जना गरि ८ सदस्यीय ‘चुनाव परिचालन समिति समिति गठन गरिएको छ । प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेद्वारी दिने सहमती भएको छ । तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गर्नु परेको नेता गोविन्दराज जोशीले जानकारी दिए ।

नेता जोशीले आगामी संघीय चुनावमा कांग्रेसको तर्फबाट सङ्घीय चुनावमा उठ्ने र पार्टीले टिकट नदिएमा जनताको तर्फबाट चुनाव उठ्ने घोषणा गरेका छन् । जोशी समुहबाट व्यास नगरपालिकाको प्रमुखमा उम्मेद्वार बनेका दीपकराज जोशीलाई एमालेले सघाउने भएको छ । त्यसैगरी अन्य पालिकामा पनि सहमती हुनेछ । मेयर उम्मेद्वार बनेका जोशी पूर्वगृहमन्त्री गोविन्दराज जोशीका छोरा हुन् । जोशीपुत्रले चुनावी प्रचारको लागि सम्पर्क कार्यालय खोली सकेका छन् । उनि भोटमाग्न घरदैलोमा नै व्यस्त छन् ।

प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार  ९ : ११ बजे