मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपडेट : जीप दुर्घटनामा कांग्रेस बझाङ सभापति घाइते, माइला छोराको ज्यान गयो



जीप दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहराका माइला छोरा विनोद बोहराको ज्यान गएको छ ।

बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका(४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनोदको ज्यान गएको प्रहरीले जनाएको छ ।

गयराति पौने १ बजे भएको दुर्घटनामा खड्क सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लािग धनगढी रेफर गरिएको छ । घाइते खड्क, उनका कान्छा छोरा पारश तथा अन्य केहिको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उनीहरु वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : २३ बजे