मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसबाट माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा ९ जना आकांक्षी



नेपाली कांग्रेसबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नौ जनाले आकांक्षा देखाएका छन् । उपाध्यक्षमा भने ६ जनाले नाम टिपाएका छन् ।

अध्यक्षका लागि पालिका सभापति तथा वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङ, नेताहरु खुशीमान गुरुङ, मीनबहादुर गुरुङ, भीमबहादुर गुरुङ, टेकनशोभा गुरुङ, दीपकराज पौडेल, केशवराज अधिकारी, कृष्णकुमारी गुरुङ र विष्णुबहादुर क्षेत्रीको दाबी छ ।

उपाध्यक्षमा सीता अधिकारी, लक्ष्मी लम्साल, मीनादेवी सुवेदी, पूमाकुमारी शर्मा पौडेल, जुना कुमारी जिसी र गीता क्षेत्रीको आवेदन परेको कांग्रेसले जनाएको छ । गठबन्धनमा कुरा नमिलेपछि कांग्रेसले आन्तरिक रुपमा आफ्नो उम्मेद्वार खोजी थालेको हो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ९ : ४८ बजे