मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा स्थानीय तह निर्वाचन गराउन पाँच सयभन्दा बढी कर्मचारी



स्थानीय तहमा हुन लागेको निर्वाचन सम्पन्न गर्न बाजुरामा पाँच सय ५८ जना कर्मचारी खटाइने भएको छ । एक सय १२ मतदान अधिकृत र एक सय १२ जना सहायक मतदान अधिकृतसहित पाँच सय ५८ जना कर्मचारी खटिन लागेका हुन् ।

जिल्लाका नौ स्थानीय तहमा ७० वटा मतदान केन्द्र र एक सय १२ मतदानस्थल छन् । मतदान केन्द्र र मतदानस्थलअनुसार कर्मचारी व्यवस्थापनमा पाँच सय ५८ जना कर्मचारीको व्यवस्थापन गरिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

निर्वाचनमा कर्मचारी संघ र संगठनका पदाधिकारी भने नखटाइने कार्यालय प्रमुख नवराज अवस्थीले बताए । जिल्लामा कुल ४२ हजार एक सय ५१ पुरुष र ४० हजार पाँच सय ३७ महिला गरी जम्मा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख अवस्थीले बताए ।

नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा एसलगायत १३ दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् । कार्यालयका अनुसार निर्र्वाचन कार्यालयहरू स्थापनाका लागि निर्वाचन अधिकृतहरू सम्बन्धित स्थानीय तहमा गइसकेका र ८ वैशाखमा सबै ठाउँमा निर्वाचान कार्यालय स्थापना हुनेछ । कार्यालय स्थापनापछि निर्वाचन शिक्षा लगायतका गतिविधि अगाडी बढाइन छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ०३ बजे