नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।
बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने छ ।
केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुने बैठकमा स्थानीय तह निर्वाचन र उम्मेदवारी सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेले बताएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्ने भएकोले छिटै उमेदवार छान्नुपर्ने दबाबमा नेताहरु छन् ।








