मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुमा कांग्रेसबाट मेयरमा १२ , उपमेयरमा ५ जनाको नाम सिफारिस



नेपाली कांग्रेस जिल्ला कार्य समिति मुगुले छायाँनाथ रारा नगरपालिकाको मेयर पदका लागि १२ जना र उपमेयरमा ५ जनाको नाम पार्टीको कर्णाली प्रदेश कार्य समितिलाई सिफारिस गरेको छ ।शुक्रबार कांग्रेस जिल्ला कार्य समितिको बैठक बसेर मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस गरि निर्णाथको लागि कांग्रेस प्रदेश कार्य समिति सुर्खेतलाई सिफारिस गरिएको कांग्रेस प्रवक्ता प्रकाश कुमार शाहीले बताए ।

उक्त मेयर पदको लागि हरिजंग शाही, जयबहादुर हितान, सुर्यदेबि मल्ल, खगेन्द्रबहादुर मल्ल, पदमबहादुर रावल ऐनबहादुर हमाल, कृष्णबहादुर सेजुवाल, लोकेन्द्रबहादुर मल्ल, भुपेन्द्रबहादुर मल्ल, सिंह बहादुर मल्ल, बिष्णु कुमार भाम र पशुपति शाहीको नाम सिफारीस गरिएको छ ।

त्यस्तै उपमेयरमा कांग्रेसले रामदेवि खड्का , ऐश्वर्य मल्ल, इश्वरदेबि रावल , खम्मेनी कामी र जसा नेपाली लाई सिफारिस गरेको हो ।कांग्रेस जिल्ला कार्य समितिले मेयर उपमेयरको लागि एक एक जनाको नाम सिफारिस गर्न नसक्ने अबस्था आएपछि निर्णाथको निम्ति प्रदेश कार्य समितिमा पठाउनु पर्ने बाध्यत्मक परिस्थिति उत्पन्न भएको प्रबक्ता शाहीको भनाइ छ ।स्थानीय निर्बाचनको उम्मेदवारी मनोनयन गर्ने समय दुई दिन मात्र बाँकी रहदा कांग्रेसलाई तीन गाउँपालिका र एक नगरपालिकाको उम्मेदवारी टुंगो लगाउन हम्मे हम्मे परेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ५८ बजे