काठमाडौं महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् ।
राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर राजनीतिक योगदानाको आधारमा टिकट पाएको प्रतिक्रिया दिइन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘म प्रकासमानको श्रीमती नभई राजनितीक योगदानको आधारमा टिकट पाएकी हुँ ।’
महिलाहरूको हकहितको लागि विशेष काम गर्ने बताएकी उनले बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउने दाबी गरिन् ।
उम्मेदवारी दर्ता र्यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीसहित कांग्रेस नेता कार्यकर्ताहरुको ठुलो उपस्थिति थियो
गठबन्धन दलबीच चुनावी तालमेल हुँदा काठमाडौंको मेयर कांग्रेसले पाएको थियो भने उपमेयर नेकपा एकीकृत समाजवादीले पाएको छ ।