मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरेन्द्रनगरमा प्रमुखमा एमालेकी मोहनमायाले गरिन् उम्मेदवारी दर्ता



सुर्खेतको वीरेन्दनगरको प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दर्ता गरेकी छन् । सोमबार उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

एमाले वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखमा निलकण्ठ खनालले उम्मेदवारी दिएका छन् । उनीहरू एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए ।

ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ०१ बजे