मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा ३ सय १६ पदका लागी १ हजार ४ सय ४३ जना उम्मेदवार



जुम्लाको एक मात्रै चन्दननाथ नगरपालिकामा ५२ पदका लागि २ सय ६६ जनाले मनोनयन दर्ता गराएको छन् । नगर प्रमुख १, उपप्रमुख १, १० वटा वडाध्यक्ष, प्रत्येक वडामा २ वटा खुल्ला सदस्य, १ वटा महिला सदस्य र १ वटा दलित महिला सदस्य पदमा २ सय ६६ जनाले मनोनयन दर्ता गराएका हुन् ।

नगर प्रमुख १ पदमा ९ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए । उनका अनुसार उपप्रमुख पदमा ८ जनाको उम्मेदवारी परेको छ । १० वटा वडाध्यक्ष पदको लागी ७० जनाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी विरोधको समय भए पनि कोही पनि उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले महिला सदस्यमा ४०, दलित सदस्यमा ४० र खुला सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यका लागि चार जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । कुल ५२ पदका लागि २ सय ६६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

त्यस्तै तिला गाउँपालिकामा ४७ पदका लागी १ सय ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पालिकाको अध्यक्ष पदका लागि ६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत निर्मला कुमारी खडकाले बताइन् ।त्यस्तै उपाध्यक्ष एक पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएको छन् । निर्वाचन अधिकृत खडकाका अनुसार ९ वटा वडाध्यक्ष पदमा ४७ जनाको उम्मेदवारी परेको बताए । १८ वटा महिला वडा सदस्यमा ३८ जनाको मनोनयन परेको छ । त्यस्तै ९ जना खुला वडा सदस्यमा ७५ जनाको उम्मेदवारी दर्ता भएको छ । ९ वटा दलित महिला वडा सदस्यको लागी २५ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै तातोपानी ४२ पदका लागी १ सय ८३ जनाको मनोनयन परेको छ । पालिकाको अध्यक्ष पदका ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सरोजराज रेग्मीले बताए ।त्यस्तै उपाध्यक्ष पदका लागि उपाध्यक्ष ७ जनाले मनोनयन दर्ता गराएको उनले बताए । वडाध्यक्ष ८ वटा पदका लागि ४२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकारी रेग्मीका अनुसार १६ जना खुला वडा सदस्य पदमा ६८ जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै ८ जना महिला सदस्य पदमा ३३ जनाले उम्मेदवारी दिएका छन् । १ वटा दलित महिला वडा सदस्यमा २४ जनाले मनोनयन दर्ता गरेका छन् । वडा नम्बर ७ मा दलित महिला वडा सदस्यमा नानी दमाई नेकपा माओवादी केन्द्रबाट र वडा नम्बर ८ मा नानीकला दमाई नेकपा एमालेबाट निर्विरोध हुने सम्भावना रहेको निर्वाचन अधिकारी रेग्मीले बताए ।

त्यस्तै हिमा गाउँपालिका ३७ पदका लागि १ सय ९७ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्ष पदमा सात जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत रितु राईले बताइन् ।त्यस्तै उपाध्यक्ष पदका लागि उपाध्यक्ष ९ जनाले मनोनयन दर्ता गराएको उनको भनाइ छ । वडाध्यक्ष ७ पदका लागि ५४ जना मध्ये महिला २ जना र पुरुष ५२ जनाको उम्मेदवारी परेको छ । राईका अनुसार खुला वडा सदस्य १४ पदका लागि ७० जनाले मनोनयन दर्ता गराएका छन् ।

यसमा महिला १६ र पुरुष ५४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै महिला सदस्य एक पदका लागि ३७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै दलित महिला वडा सदस्य एक पदका लागि २० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै गुठीचौर गाउँपालिका जुम्लामा २७ पदका लागि १ सय १२ जनाको उम्मेदवारी परेको छ । पालिकाको अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत शम्भु गौतमले बताए । त्यस्तै उपाध्यक्ष पदमा ६ जना, वडाध्यक्ष ५ पदमा २६ जना, खुला वडा सदस्य १० पदमा ४० जना, महिला वडा सदस्य ५ पदमा २० जना र दलित महिला वडा सदस्य ५ पदमा १४ जनाले मनोनयन दर्ता गराएको उनले बताए ।

त्यस्तै पातारासी गाउँपालिका जुम्लामा ३७ पदका लागि १ सय १४ जनाको उम्मेदवारी परेको छ । पालिकाको अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सुरेश सुनारले बताए । त्यस्तै उपाध्यक्ष पदमा ७ जनाको, उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्ष ७ पदमा ३१ जनाले उम्मेदवारी दिएका छन् । खुला वडा ३८ जना महिला वडा सदस्य २३ जना र दलित महिला वडा सदस्य ८ जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै सिजा गाउँपालिकामा ३२ पदका लागि १ सय ९२ जनाको उम्मेदवारी परेको छ । पालिकाकाको अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कर्ण बहादुर महतले बताए ।उपाध्यक्ष एक पदमा ७ जनाको ,उम्मेदवारी परेको छ । त्यस्तै ६ पदका लागी वडाध्यक्ष ३९ जनाले उम्मेदवारी दिएका छन् । खुला वडा सदस्यमा ५८ जना महिला वडा सदस्य ३३ जना र दलित महिला वडा सदस्य २८ जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै कनका सुन्दरी गाउँपालिकामा ४२ पदका लागि १ सय ९४ जनाको उम्मेदवारी परेको छ । पालिकाका अध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत जागुराम चौधरीले बताए ।उपाध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ८ वटा पदको लागी वडाध्यक्षमा ४७ जनाले उम्मेदवारी दिएका छन् । खुला वडा सदस्य ७४ जना महिला वडा सदस्य ३२ जना र दलित महिला वडा सदस्य २४ जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ३९ बजे