महिलामाथि खुलम खुल्ला अपशब्द प्रयोग गर्नेलाई चुनाब जिताउन मिल्दैन : प्रदिप पौडेल



नेपाली कांग्रेसका युबा नेता प्रदिप पौडेलले हिंसा र विभेदकारी मानसिकता बोकेकाहरु निर्वाचनबाट अनुमोदित हुनुनहुने बताएका छन् ।यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौंका मेयर उमेदवार केशव स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी सोधिएको प्रश्नमा स्थापितले दिएको भड्किलो र उत्तेजनापुर्ण जवाफप्रती संकेत गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले प्रश्न गरेका छन, “आरोपबारे जानकारी लिन खोज्दा उल्टै उत्तेजित हुने,गलिगौलज गर्नेले तिनै नागरिकका मुद्धालाई कसरी सम्बोधन गर्न सक्छ ?”। महिलामाथि खुलम खुल्ला अपशब्द प्रयोग गर्ने व्यक्ति स्तृद्वेषी भएको भन्दै उनले महिलामाथि खुलम खुल्ला अपशब्द प्रयोग गर्नेलाई नेतृत्वमा पुर्याउन नहुने जिकिर गरेका छन्।

नेता पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “महिलामाथि खुलम खुल्ला अपशब्द प्रयोग गर्ने व्यक्ति स्तृद्वेषी हुन्।यस्ता व्यक्ति जो कोही हुन्,हिंसा र विभेदकारी मानसिकता बोकेकाहरु निर्वाचनबाट अनुमोदित हुनुहुँदैन।आरोपबारे जानकारी लिन खोज्दा उल्टै उत्तेजित हुने,गलिगौलज गर्नेले तिनै नागरिकका मुद्धालाई कसरी सम्बोधन गर्न सक्छ ?”

प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार  ४ : ५२ बजे