मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० सम्मेलनमा निमन्त्रणा



रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० शिखर सम्मेलनमा निमन्त्रणा गरिएको छ ।इन्डोनेसियामा हुने तय भइसकेको सम्मेलनका लागि उहाँहरूलाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले निमन्त्रणा गरेका हून् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई इन्डोनेसियाका राष्ट्रपति विडोडोले फोन समेत गरेर निमन्त्रणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनिहरूलाई यसअघि सम्मेलन आयोजक देशको रुपमा इन्डोनेसियाको तर्फबाट औपचारिक पत्र पनि पठाइसकिएको कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा लेखिएको छ ।

“मैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई सम्मेलनमा सहभागिताका लागि अनुरोध गरेको छु,” राष्ट्रपति विडोडोले भने ।

उहाँले वार्ता र सम्झौता मार्फत रुससँगको युद्ध अन्त्य गर्न पनि आग्रह गरेको समेत जानकारी दिएकाछन् ।

फोन वार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू सम्मेलनमा सहभागी हुने आश्वासन दिनु भएको विडोडोले बताएका छन् ।

विश्वका प्रभावशाली विकसित देशहरूको समूहको रुपमा चिनिँदै आएको जी २० समुहको सदस्य रुस पनि हो । तर युक्रेन भने सदस्य छैन ।रासस/एएफपी

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ४८ बजे