एनपीएल विजेताले डेढ करोड, उपविजेतालाई ८० लाख पाउने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको हो।

घोषित पुरस्कारअनुसार उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख रुपैयाँ र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई प्रदान गरिने पुरस्कारले नेपाली क्रिकेटमा प्रतिस्पर्धा र व्यावसायिक आकर्षण बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : कार्तिक ८, २०८३ आइतबार  ५ : ५९ बजे