मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा ७६ हजार मतपत्र पुग्यो



३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६ हजार मतपत्र आइपुगेकाे छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हाे ।

उनका अनुसार एक सय ५२ पेटिमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ । मतपत्र प्याकिङ र निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका बिषयमा छलफल समेत भइरहेको छ उपाध्यायले बताए ।मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मत पत्र भए पनि १० हजार मतपत्र बढी आएको छ ।

मतपत्र नेपाली सेनाले सुरक्षाका साथ स्कटिङ गरेर सम्बन्धित मतदान स्थलसम्म स्थलमार्गबाट जुम्ला पुर्‍याइनेछ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले जुम्लाका लागि कालिकोटबाट हावा र पानी नछिर्ने ठूलो कन्टिनजरमा स्टकटिङ गरेर मतपत्र जुम्ला ल्याएर मुख्य निर्वाचन कार्यालयमा बुझाइएको छ ।जुम्लामा ६७ हजार सात ४४ मतदाता छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : २५ बजे