मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईएमई पे मार्फत गोल्डस्टारका जुत्ता किन्दा ३० प्रतिशत छुटको सम्झौता



आइएमई पे र गोल्डस्टारबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार टिकाउ र सुपर स्टाइलिस गोल्डस्टार जुत्ताको खरिदमा आईएमई पेमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० सम्म छुट हुने कम्पनीले बताएको छ ।

यो सीमित अफर यही वैशाख २३ गतेदेखि सुरु हुनेछ । जसमा गोल्डस्टारको वेबसाइटबाट जुत्ता खरिद गर्दा वेब चेकआउटमा ३० प्रतिशतदेखि ३०० सम्मको छुट हुनेछ ।

उक्त योजनाको बारेमा बोल्दै आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले पे र गोल्डस्टारबीचको सम्झौताले आफूहरु उत्साहित भएको बताए ।

यस्तै गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले आईएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ८ : ३७ बजे