मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ बुधबारको विदेशी मुद्रा विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसामा कारोबार भएको थियो ।

आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ । मंगलबार एक युरोको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको थियो । यस्तै, बेलायती पाउण्ड एकको खरिद दर खरिद दर १६४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १६५ रुपैयाँ ६८ पैसा पुगेको छ । मंगलबार एक पाउण्डको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६७ पैसा कायम थियो ।

बुधबार कतारी रियालको मूल्य बढेको छ । मंगलबार एक रियालको खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा तोकिएकोमा आज रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसामा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ९ : ४४ बजे