मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ जना कोरोना विरामी थपिए



नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै सक्रिय संक्रमितको संख्या २०५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २१ जना संक्रमणम मुक्त भएका छन् ।

योसँगै निको हुनेको संख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ ।

निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन ।

विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ५ : ४३ बजे