२०७९ जेष्ठ ११ बुधबार

अमेरिकी प्रथम महिला जिल बाइडेन किभमा

अमेरिकी प्रथम महिला जिल बाइडेन किभमा


  • 33
    SHARES
    • न्यू सञ्चार
    • सोमबार, बैशाख २६ २०७९
    • काठमाडौँ

    अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् । वासिंगटनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले जेलेन्स्कासँग भेट गरेकी हुन् ।

    दुई पहिलो महिलाको भेट सीमावर्ती सहर उज्होरोडको एक विद्यालयमा भएको थियो । २४ फेब्रुवरीमा  युक्रेनमा रुसी आक्रमण सुरु भएपछि  जेलेन्स्का पहिलो पटक  सार्वजनिक कार्यक्रममा देखा परेकी हुन् ।

    रुसी हमलाको विरोधमा अमेरिकाले २६ सय रुसी र बेलारुसका नागरिकहरुमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।

    तीन रूसी टिभि स्टेसनहरू र गाजप्रोमबैंकका अधिकारीहरूमाथि पनि वासिंगटनले प्रतिबन्ध लगाएको छ । यसैबीच जी ७ नेताहरूले रुसी तेललाई प्रतिबन्ध लगाउन प्रतिबद्धता जनाएका छन् ।

    सोमबार, बैशाख २६ २०७९
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology