२०७९ जेष्ठ १० मंगलबार

रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिएः युक्रेन

रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिएः युक्रेन


  • 30
    SHARES
    • न्यू सञ्चार
    • शुक्रबार, बैशाख ३० २०७९
    • काठमाडौँ

    युक्रेनमाथि भएको रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी सेना मारिएका छन् । मारिनेमा हाल मारिओपोलको स्टिल कारखानामा रहेका रेजिमेन्ट पनि रहेका गार्डका नेताले जनाएका छन् ।

    २४ फेब्रुवरीमा आक्रमण सुरु भएदेखि ५६१  जना मारिएकाबाहेक थप १६९७  सैनिकहरू घाइते भएका नेसनल गार्डका प्रमुख ओलेक्सी नाडटोचीले एउटा अनलाइन ब्रिफिङ भने ।

    रुसी हमलामा मारिनेको संख्याबारे दुबै देश मौन रहेका बेला युक्रेनी पक्षबाट आफ्ना मारिने सेनाको तथ्यांक सार्वजनिक भएको हो ।
    युक्रेनी र रुसी अधिकारीहरू क्षतिबारे खासै खुलेका छैनन् ।

    युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेनाहरूको बारेमा तथ्यांकबारे विरलै जारी गरेका छन् न त किभको रक्षा मन्त्रालय र मस्कोले सैन्य क्षतिको बारेमा कुनै जानकारी प्रदान गरेका छन् ।

    शुक्रबार, बैशाख ३० २०७९
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology