मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान



ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गर्नुभएको छ ।

सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गर्नुभएको हो ।

जिल्लाका छवटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान सुरु भएको छ ।

ललितपुरका १३१ मतदानस्थलमा रहेका २८८ मतदान केन्द्रमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयो । निर्वाचनमा एक हजार ४३३ कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा ३० हजार ८११ नयाँ मतदाता थपिएका जनाइएको छ । योसँगै जिल्लामा कूल दुई लाख ४३ हजार ८८४ मतदाता पुगेका छन् । ललितपुरमा ५० मतदानस्थल संवेदनशीलको सूचीमा छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : १८ बजे