मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङको नार्पाभूमिमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित



लमजुङ ३० वैशाख । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनी १ सय ५८ मत ल्याएर गाउँपालिकाका अध्यक्ष बनेका हुन् ।

प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत मात्र पाए ।

कोन्जो तेन्जिङ यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । पछि कांग्रेस प्रवेश गरेका उनलाई कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएको हो  ।

उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा यसअघि नै निर्विरोध भएकाे मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए  ।

नार्पाभूमिमा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत खसेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : २९ बजे