मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी



मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको एमाले विजयी भएको छ ।

बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम विवरणअनुसार लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका हुन् ।

उनले ६८९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाएर पराजित भए । गुरुङ गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

यसैगरी उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छन् । उनले ६४१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी गुरुङ २२५ मत पाएर पराजित भइन् । लक्ष्मी गठबन्धनबाट उम्मेदवारी दिएकी थिइन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ३२ बजे